आगामि अपि्रल १२ देखि १६ सम्म सो अध्यात्मिक महापुराण सम्पन्न हुनेछ । अस्ट्रेलियाका नेपालीहरूविच भैपरि आउन सक्ने संकट, दुर्घटना, विपत्ति, प्रकोप तथा अन्य अत्यावश्यक अवस्थामा आफ्नै समुदायवाट आर्थिक सहयोग पुर्याउने अभिप्रायले सो कोषको स्थापना गरिएको हो । एनआरएन अष्ट्रेलियाका अध्यक्ष गणेश केसीका अनुसार आगामी अपि्रल १२ देखि १६ तारिखसम्म महापुराण आयोजना गर्न लागिएको छ ।
नेपाली समुदाय र अस्ट्रेलियामा रहेका अन्य समुदाय विच भाइचारा,बन्धुत्व तथा आपसि मेलमिलाप गराई विश्व शान्तिको मूल मार्गमार्फत आध्यात्मिक आनन्द प्रवाह गर्न पनि सो महापुराण कार्यक्रम सफल केसीले बताउनुभयो ।
कार्यक्रमअनुसार अपि्रल १२ मा सो कोषको सहयोगार्थ रात्री भोज, १३ मा भजन किर्तन, मण्डप स्थापना र आरती, १४ मा कलश यात्रा तथा विभिन्न समुदायका आध्यात्मिक शिखर ब्यक्तित्वहरू तथा अष्ट्रेलियाका स्थानिय सरकार प्रतिनिधि, तथा सम्बन्धित निकायका अगुवा नेताहरूवाट शुभकामना वक्तब्य तथा प्रवचन, भागवत कार्यक्रमको विधिवत शुभारम्भ र १५ तारिखमा नियमित भागवत महापुराण प्रवचन, भजन, किर्तन, योग, ध्यान सन्चालन र १६ मा विसर्जन कार्यव|mम रहेको छ । कार्यक्रममा महापुराण प्रवचन का अलावा योग, ध्यान, प्रसाद वितरण, आध्यात्मिक वस्तुको विक्रि पनि गरिने छ ।
सो महापुराणको मुख्य वाचकको रुपमा वाचन प्रविण दिनबन्धु पोख्रेल रहनु हुनेछ । अष्ट्रेलियामा नेपाली समुदायको सहयोगार्थ यो कोषको सन्चालन गर्न लागिएको र यसले अष्ट्रेलियामा रहेका बहु सँख्यक नेपाली विद्यार्थी, समुदायका सदस्यमा ठुलो र महत्वपूर्ण योगदान पुग्न सक्ने सो महपुराण कलश यात्राकी संयोजक सुमित्रा विष्ट बताउँछिन् । साथै यसले अष्ट्रेलियामा आध्यात्मिक सुख नै जीवनको परम उद्देस्य हो भन्ने चिन्तनलाई अघि बढाइ आजको ब्यस्त समाजलाई शान्तिको पथमा अग्रसर हुन मार्ग प्रशस्त गर्ने अपेक्ष्या गरिएको छ । कार्यव|mममा झन्डै २ सय स्वयंसेवक परिचालन हुनेछन भने हजारौं भक्तजनहरूको उपस्थिती रहने छ ।
झण्डै १ लाख अष्ट्रेलियन डलर चन्दा सहयोग उठन सक्ने अपेक्ष्या गरिएको सो कार्यक्रममा नेपाली वाहेक अन्य समुदायका सहभागीहरूको समेत सक्रिय उपस्थिती रहने जनाइएको छ । नेपालीका लागि नेपाली चालेको यस शुभकार्यमा सरिक बनि आफ्ना साथिभाई, बन्धुवान्धव तथा परिवारसहित कार्यक्रममा उपस्थित भइ पुण्य लाभ गर्न एन आर एन ले समस्त नेपाली हरूलाई अपिल गरेको छ ।
]]>
अष्ट्रेलियामा बस्ने नेपालीहरुले अव नेपालको सकारात्मक परिवर्तनको लागि के पहल गर्न सकिन्छ ? के अष्ट्रेलियामा नेपाली विद्यार्थीलाई सजिलो छ ?
]]>
घरभित्र पस्दापस्दै गेटनेरै उसंग भेट भयो । हातमा रेशमी डाइनोसर खेलौना लिएर उ फुरुक्क उफ्रिदै हिडिरहेको थियो । आमाको हात समातेर हिडिरहेको करीब ३ बर्ष जतिको फुच्चेले पुलुक्क पुलुक्क मतिर हेरेपछि म मुसुक्क हाँसे । उसको भन्दा पनि उसकी आमाको रुप रंगले नेपाली भएको लख काट्न मलाई कुनै गाह्रो परेन ।
“बाबुको नाम के हो ?”- लिफ्टमा पसेपछि मैले सोधें ।
आमा चाहिंले हतार हतार भनिन्- “बाबुले नेपाली बुझ्दैन ,’ इंग्लिश”मा सोध न।”
“किन नेपाली बोल्न सिकाउनु भा छैन ?’ फुच्चेतिर आकृष्ट भएको मेरो ध्यान आमाको वाक्यले मोडियो ।
“अब अस्ट्रेलियामा के को नेपाली ? अंग्रेजको देशमा अंग्रेजी जाने भइ हाल्यो नी ! ” उनले उत्तर दिईन् ।
स्तब्ध नभएको भए हुन्थ्यो, तर म स्तब्ध भएँ । दोश्रो तल्ला आएपछि म निस्की हाले ।
अब नेपाली मानिससंग अंग्रेजीमा बोलेर बिदा माग्न मन लागेन, हात मात्र हल्लाए । फुच्चेले “नाइस टु मिट यु आन्टी” मात्र होइन “ह्याब अ फन्” पनि भनि हाल्यो ।
आमाले गर्वका साथ मलाई हेरिन् ।
एक दिन एक जना आत्मीय दाजु भाउजुको घरमा काम बिशेषले गएकी थिएँ । उहाँहरुका छोराछोरीहरु घरमा अंग्रेजीमा कुरा गरिरहेका थिए । नेपाली सामुदायिक क्रियाकलापमा धेरै समय बिताउने दाजु भाउजु आफ्ना छोराछोरीसँग अंग्रेजीमै कुरा गरिरहनु भएको थियो । मैले नेपाली बोल्दा छोरा छोरीहरुले अंग्रेजीमा उत्तर दिन्थे । स्कुलमा अंग्रेजीमा बोलिहाल्छौ नी, मसँग नेपालीमा बोलन भन्दा उनीहरुले नेपाली बोल्न अप्ठ्यारो लाग्ने बताए ।
दाइको दोश्रो पुस्ताले नेपाली भाषा र संस्कृतीलाई बिर्सन्छन की भन्ने चिन्ता मिसिएको लेख म आफैले नेपालीमा टाइप गरि दिएकी थिएँ । आफ्नै घर र परिबारबाट नेपाली भाषा सिकाइनु पर्छ भन्ने कुरामा जोड दिइएको त्यो लेख र यो व्यवहारको तालमेल देखिएन ।
अस्ट्रेलियामा नेपाली भाषा र संस्कृतीको जगेर्ना गर्न लागि परिरहेको नेपाली कला, संस्कृती तथा साहित्य प्रतिष्ठान अस्ट्रेलियाले यहि श्री पंचमी, सरस्वती पुजाको दिन नेपाली बालबालिकाहरुको लागि भनेर एउटा बिशेष बालकविता गोष्ठीको आयोजना गरेको थियो जसमा शिर्षक “मातृभुमी ” थियो । कबिता लेख्न त परै जावोस त्यहाँ उपस्थित बालबालिका मध्ये कसैले पनि मातृभूमिको बारेमा एक शब्द बोल्न पनि जानेनन् । संस्थाकी अध्यक्ष जानकी पौडेल आफैले आफ्नो छोरा नेपाली भाषा पढ्न र लेख्न नजान्ने तर बोल्न मात्र जान्ने भएको भन्दै उसले नेपाली भाषा बिर्सने हो की भन्ने चिन्ताले आफूलाई सताउने गरेको बताउनु भयो । कार्यक्रममा सहभागी सबै अभिवावकहरु आ -आफ्ना बच्चाहरुको नेपाली भाषाप्रतिको उदासिनताले चिन्तित भएको भावना व्यक्त गरिरहेका थिए।
एनआरएन अस्ट्रेलियाको भगिनी संगठन नारी निकुन्ज अस्ट्रेलियाकी उपाध्यक्ष्य सुमित्रा बिस्टलाई पनि यहि चिन्ताले सताएको छ । पहिले पहिले आफूले प्रत्येक साँझ कम्तीमा एउटा नेपाली शब्द भए पनि लेख्न र त्यसको प्रयोग गर्न आफ्ना छोरीहरुलाई सिकाउने गरेको तर आजकाल कार्य व्यस्तताले गर्दा समय दिन नभ्याएको उहाँ बताउनु हुन्छ । त्यसो त अब छोरीहरु पनि ठूला हुँदै गए, उनीहरुको आफ्नै रुची र वृत्त छ । नेपाली भाषा सिक्ने कुरा उनीहरुको रुचीको बिषय बन्न सकेको छैन ।
प्रत्येक महिना अस्ट्रेलियाबाट प्रकाशन गरिने नेपाली भाषाको मासिक पत्रिकाको प्रकाशन गरिरहनु भएका प्रधान सम्पादक डिल्ली ढकालले पनि घरबाटै नेपाली भाषा बोल्न सिकाउन पहल गर्नु पर्ने भन्दै आजकाल छोराछोरीहरुलाई नियमित रुपमा घर मै आफ्नो भाषा सिकाउने गरेको बताउनु हुन्छ ।
सार्वजनिक कार्यक्रममा नेपाली भाषा
करिब एक लाख नेपालीहरु बसोबास गर्ने अस्ट्रेलियामा सिड्नीमा मात्र बिभिन्न क्षेत्रमा काम गर्ने करीब ५० वटा नेपाली संस्थाहरु छन् । तीनले बर्षमा कम्तिमा पनि एउटा, नभए दुई /तीन वटाका दरले कार्यक्रम गर्दा हरेक शनिबार र आइतबार कार्यक्रमहरु जुधिरहेका हुन्छन् ।
गत बर्ष सम्पन्न भएको “नेपाल फेस्टिबल २०११” मा नेपाली पहिरनमा चिटिक्क सजिएका उद्घोषकहरुको केहि सुन्दर जोडीहरु मञ्चमा उतारियो । नेपाली भाषा र संस्कृतीको उत्थान र बिश्व समुदायमाझ नेपाललाई चिनाउने उदेश्यले गरिएको सो कार्यक्रममा उद्घोषकहरुले शुद्द नेपाली शब्दहरु उच्चारण गर्न नजानेर नेपाली भाषा र साहित्यलाई माया गर्ने हजारौ सहभागीहरुलाई निराश बनाईदिएका थिए । नक्कल पारेर, जिब्रो बटारेर, अंग्रेजी लयमा बोलिएका नेपाली शब्दहरुले नेपाली भाषाको खिल्ली उडाईरहेको देखिन्थ्यो । सार्बजनिक कार्यक्रममा बोल्दा समेत तालीलाई ” थालि “….गरौ लाई ” गडउ” जस्ता अनेकौ सुन्दै अप्ठ्यारो हुने शब्दका उच्चारणहरुले नेपाली भाषालाई च्यातचुत पारेको देखिन्थ्यो ।
रमाइलो र लाज लाग्दो घटना त झन् तब भयो जब भर्खरै सम्पन भएको एउटा स्थापित सामुदायिक संस्थाको बार्षिक कार्यक्रमकी संचालिकाले नेपाली पढ्न नजानेर रोमनमा लेखिएको कागजका शब्दहरुलाई कनीकुथी नेपालीमा पढिन् । के एनआरएनका दोश्रो पुस्तामा नेपाली पढ्न र शुद्ध बोल्न जाने कोहि पनि छैन त ? के अब त्यहि नेपाली भाषा नजान्ने वर्गका अगुवाहरुले यो समुदायको नेतृत्व गर्छन् त ?
कारण के होला त ?
दोश्रो पुस्ता भनेर मैले नेपाली परिवारमा जन्मिएका नवजात शिशु देखि १८ बर्ष उमेर समुहकालाई बर्गीकरण गरेकी छु । दोश्रो पुस्ताका नेपालीहरु धेरै यहि जन्मिएका छन् भने केहि बाबु आमासंगै सानै छंदा नेपालबाट आएका छन् । जन्मिने बित्तिकै घरमा बाबुआमाबाट नेपाली भाषा बोल्न सिके ता पनि अलिक ठूलो हुने बित्तिकै “चाइल्ड केयर” र बिद्यालयमा अंग्रेजी बोल्ने साथीहरुसँग संगत हुने र अंग्रेजी मै मात्र अध्ययन गर्नु पर्ने भएकाले उनीहरु स्वत अंग्रेजी बोल्न थालिहाल्छन् ।
यता अधिकांश बाबुआमालाई पनि आफ्ना छोराछोरीले अंग्रेजीमा बोल्न थालेपछि अब उनीहरु यहिका अस्ट्रेलियन सरह भए भनेर दंग परि हाल्छन् । त्यहाँमाथि आफ्नो बाल्यकालमा आफूले फरर अंग्रेजी बोल्न नसकेको कुण्ठा, छोरा छोरीले अंग्रेजी बोल्दा गर्बमा परिणत भएको देखिन्छ र उनीहरु स्वयं पनि छोराछोरीसँग अंग्रेजी मै कुराकानी गर्न थालेपछि दोश्रो पुस्ताले नेपाली भाषा कहिल्यै पनि सिक्ने मौका नै पाउदैनन् ।
नेपाली भाषा सिक्न रुची जाग्ने खालका पर्याप्त सामाग्रीहरु ( बाल पुस्तक , बाल साहित्य , बाल रुचीका डी भी डी , चलचित्रहरु) नहुनाले पनि त्यो पुस्ता नेपाली भाषा सिक्न चाहदैनन् । नेपाली चलचित्रहरु हेर्न नजाने, नेपाली भाषा र संस्कृती समबन्धी कार्यक्रमहरुमा नजाने, नेपाली समुदायका साथीभाईहरु प्रशस्त नहुनुले पनि उनीहरु नेपाली भाषाप्रति निराश देखिएका छन् ।
नेपाली भाषा किन जान्नु पर्यो त ?
आफ्नो भाषा र संस्कृती भनेको आफ्नो पहिचान हो । हामी जहाँ गए पनि जति समय बसे पनि आफ्नो पहिचान हामीसँग अटुट रुपमा रहिरहन्छ । अस्ट्रेलियाको नागरिकता लिए पनि हामी अस्ट्रेलियाका नागरिक त हुन्छौ, तर अस्ट्रेलियन हुदैनौ । हामी नेपाली नै रहन्छौ ।
त्यसमाथि अस्ट्रेलिया एउटा बहुभाषिक र बहु सांस्कृतिक रास्ट्र हो । हरेक कार्यक्रममा अस्ट्रेलिया सरकारका प्रतिनिधिहरु आएर हरेक समुदायलाई अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएको कुरामा जोड दिदै आफ्नो संस्कृतीको रक्षा गर्न आग्रह गर्दछन् । उनीहरु अस्ट्रेलियामा अन्य देश बाट भित्रिएको उनीहरुको मौलिक संस्कृतीलाई अस्ट्रेलियाको सम्पत्ति सरह इज्जत र माया गर्छन् ।
बिभिन्न समुदायमा बसेर आफ्नो समुदायलाई प्रबर्द्धन गर्न लागिपरेका अगुवा व्यक्तिहरुलाई अस्ट्रेलियन सरकारले पुरस्कार तथा अवार्डहरुले पनि सम्मान गर्ने गरेको छ ।गत बर्ष मात्र “द अर्डर अफ अस्ट्रेलिया “बाट समाजसेवी इन्द्रा बन र “प्राइड अफ अस्ट्रेलिया” बाट ब्यबसायी दीपक बिस्ट सम्मानित हुनु भएको थियो । बुझ्नैपर्ने कुरा यो छ की यो देशमा आफ्नो भाषा र पहिचान बिर्सनेहरुलाई हैन सम्झनेहरुलाई सम्मान र स्थान दिइन्छ ।
भए गरेका पहलहरु
अस्ट्रेलियामा नेपालीहरुको संख्या बढ्दै गएपछी यहाका सामुदायिक संस्थाहरुले नेपाली बालबालिकाको लागि भाषिक कार्यक्रमलाई अगाडी बढाउने उदेश्यले सन् २०१० मा गोर्खा नेपाली सोसाइटी र गुठि अस्ट्रेलियाले संयुक्त रुपमा नेपाली शब्द्माला स्कुलको स्थापना गरियो । प्रत्येक आइतबार २ घण्टा नेपाली बाल बालिकाहरुलाई यो बिद्यालयमा नेपाली भाषा सिकाइन्छ ।
शब्द माला पाठशालाका वर्तमान अध्यक्ष्य सर्बेन्द्र श्रेष्ठ अस्ट्रेलिया आउने बित्तिकै आफ्ना छोरा छोरीसँग अंग्रेजीमा कुरा गर्नुहुन्थ्यो । उहाँको आफ्नै शब्दमा “अंग्रेजीमा कुरा गर्दा आफूलाई गर्वको अनुभुती हुन्थ्यो, छोरा छोरीले एक दुई हप्तामै अंग्रेजी फरर बोल्न र लेख्न सिके तर नेपाली भाषा बिर्सी हाले, अब जति नै नेपाली सिकाए पनि उनीहरु पहिलो कुरा त सिक्न चाहदैनन् र दोश्रो कुरा सिक्न पनि उनीहरुलाई गाह्रो हुन्छ “। त्यसपछि उहाँलाई आफूले गल्ती गरेछु भनेर पश्चाताप भयो ।
नेपाल जनजाती मंच अस्ट्रेलियाले करीब १ बर्ष अगाडी देखि अस्ट्रेलियन सरकारको सहयोगमा नेपाली राष्ट्रिय भाषाका संरक्षण कक्षाहरु संचालन गरिरहेको छ । मंचका अध्यक्ष्य गणेश तामांगका अनुसार यो कक्षा अन्तर्गत हरेक राष्ट्रिय भाषिक संस्थाले बैठक गर्दा आफ्नो मातृ भाषामा गर्ने , आफ्ना कार्यक्रमहरुमा आफ्नो भाषालाई प्रयोग गर्ने र नयाँ पुस्ताका बालबालिकाहरुलाई राष्ट्रिय र राष्ट्रभाषा घर परिवारबाट नै सिकाउनु पर्ने कुरामा जनचेतना अभिबृद्दिदेखि पालना समेत गर्ने गरेको बताउनु हुन्छ ।
विकल्पका मार्गहरु
सम्पूर्ण नेपालीहरुलाई एकताको मालामा गाँस्ने रास्ट्रियताको एउटा शशक्त अभिव्यक्ति भनेको आफ्नै भाषा हो । बदलिंदो समयसंगै प्रवासिएका नेपालीहरुको दोश्रो पुस्ता अब बिश्वभरि फैलिसकेको छ । प्रवासी नेपालीको पहिलो पुस्ताले आफ्नो दोश्रो पुस्तालाई आफ्नो भाषा र संस्कृति सिकाउन जागरुक भएन भने उनीहरुको नेपालसंगको सम्बन्ध मात्र टुट्दैन कि बिदेशमा आफ्नो पहिचान पनि हराउनेछ । अत: पहिलो र महत्वपूर्ण काम भनेको आफ्नो घरमा नेपाली भाषामा कुरा गर्नु नै हो । त्यसबाहेक आफ्ना बच्चालाई हरेक दिन नेपाली अक्षर र शब्दहरु पढ्न र लेख्न पनि सिकाउनु पर्छ । नेपाली बाल साहित्यका किताबहरु पढ्न दिने र उनीहरुलाई आफ्नो भाषामाथि सम्मान र गर्व गर्न सानैदेखि सिकाउनु पर्छ । नेपालीहरुको समुदायमा घुलमिल गरायो भने उनीहरु आफ्नै उमेर समुहका बच्चाहरुसंग नेपाली मै कुरा गर्न पाएर दंग पनि पर्छन् ।
नेपाली भाषा र संस्कृतीको उत्थानमा लागेका नेपाली संस्थाहहरुको कार्यक्रममा उनीहरुलाई लागिराख्यो भने उनीहरुले नेपाली भाषा र संस्कृतीको बारेमा जानकारी र निरन्तर सम्पर्कमा रहन पाउछन् । आफ्नो ठाउँमा खुलेका नेपाली भाषा पाठशालामा हरेक सप्ताहान्तमा केहि घण्टा समय निकालेर अभिभावकहरुले बच्चाहरुलाई लागि दियौ भने पनि उनीहरुले नेपाली भाषा रुचीपुर्वक सिक्नेछन् ।
यति मात्र गर्न सक्यौ भने पनि बिस्तारै एन आर एनका दोश्रो पुस्ताले कसले अंग्रेजको जस्तो अंग्रेजी बोल्ने भनेर प्रतिस्पर्धा हैन कसले नेपाली राम्ररी बोल्न सक्छ भनेर प्रतिस्पर्धा गर्नेछन् । नेपाली बोल्न प्रोत्साहन दिनु र उचित वातावरण तयार गर्नु नै अहिले हाम्रो दायित्व हो ।
हाल : सिड्नी अस्ट्रेलिया
]]>
अहिले जताततै भ्यालेन्टाइनको रन्को छ । पश्चिीमी यो संस्कृतिले नेपाली युवा मनहरुलाई पनि ढपक्कै ढाक्न लाग्दा बिदेशिएका बैसालुहरुको प्रेम, सेक्स, रोमान्स अनि बिरहका कथाबारे बेलाबेला चर्चा भइरहन्छ । भ्यालेन्टाइनको यो मौसममा प्रवासी जीवनमा सामान्यजस्तै लाग्ने केही घटनाहरु पस्कने अनुमति चाहन्छु ।
गत हप्ता साथीहरु मिलेर अबुधावीबाट अर्को स्थानमा जाने योजना बनायौं । अलि टाढा भएको हुनाले ट्याक्सीमा जाने कुरा भयो । संयोगवश ट्याक्सी डाईभर नेपाली नै भेटिए । अनुहारका छाला चाउरी परेका जस्ता देखिन्थे उनी । हेर्दा लगभग चार दशक लाग्ने उनको बोलीमा भने चमक थियो ।
‘गुरुजी घर कहिले जाने ?’ हाम्रो प्रश्नमा उनले भने -’आ के को घर जानु, सबै कुरा यही सेटिङ्ग भएपछि ।’ हामीले कुरो नबुझेपछि उनले नै फेरि भने -’छोरा छोरीहरु क्याम्पस पढ्न थाले, अब घरकी बुढीलाई के हेर्नु विदेशमानै सेटिङ्ग भएपछि त ।’ उनले भन्दै गए -’तपाईलाई कुन कहाँकी चाहियो भन्नु न, रुम तपाईं मिलाउनुहोस् म सेटिङ्ग मिलाउछु । नेपाली, फिलपिनो, कुन देशका चाहिए ? हेर्नुहोस् हाम्रो पेशा यस्तै छ । कस्ता, कस्ता प्यासेन्जर भेटिन्छ थाहा हुँदैन । कहिलेकाहीँ त मातेर आउँछन् र ट्याक्सीमा चढ्ना साथ सेक्सको कुरा गर्छन् । नेपाली महिलाहरु पनि जानी नजानी अंग्रेजी र हिन्दीमा गफ छाँट्छन् ।’ उनका अनुसार फिलिपिनोलाई साथी बनाउन अति सजिलो । हाई हेलो गर्दैमा साथी बनिहाल्ने । घरमा तीन छोराछोरीका आमा यहाँ भने कन्या जस्ता देखिन्छन् रे ।
लुलु हाईपर मार्केटमा कार्यरत एक जना मित्र दिउँसोको जागिरपछि बेलुका रुममा नआई अन्तै जाने गरेको लामो समय भयो । बुझ्दै जाँदा थाहा भयो उनले फिलिपिनो साथी बनाएका रहेछन् । हप्ताको ३ दिन जानैपर्ने, तर खर्च गर्न नपर्ने । ‘मंगलबार उसको छुट्टी हुने र रुममा कोही पनि नहुने हुनाले मैले पनि मंगलबार छुट्टी मिलाएर जाने गर्दछु’ उनले भने । उनको घरमा छोराछोरी ९ र १० कक्षामा पढ्दैछन् । हेर्दा उनको उमेर लाग्थ्यो ३५ काटेको । अनुहार फिलिपिनोकै जस्तै देखिने । ‘प्रवासमा आएको ८ बर्ष भयो, जवानी कति सुकाएर बस्ने । बर्षको १ महिना बिदा हुन्छ, नेपाल जाँदा त्यत्तिकै समय बित्छ, यहाँ साथी नबनाए त यो जवानी त्यसै खेर जाने भयो नि’ उनले फूर्तिसाथ भने ।
चितवनका एकजना साथीले काठमाडौंकी रैथाने केटीलाई साथी बनाए । घरमा श्रीमती र छोरा हुँदाहुँदै पनि उनी ति केटीसँग यति नजिक भएकी कम्पनीबाट १५ दिनको बिदा मिलाएर नेपाल गए । तर घर गएनन् ।
पाल्पाका नरे दाई प्रत्येक हप्ताको बिहीबार अबुधावी ईमिरेट्स प्लाजाको वरपर घुमिरहन्छन् । चिनियाँ, फिलिपिनो, ईन्डोनेसियन लगायत देशका महिलाहरुसँग मोलतोल गर्छन् । बिहानै नेपालबाट श्रीमतीको तीनपटक मिसकल आउँछ अनि फोन रिप्लाई गर्छन् । ‘कस्तो यार हिजो ति केटीहरुलाई यसो छोएको मात्र के थिएँ घरमा श्रीमतीले नराम्रो सपना देखिन् अरे’ गफिँदै उनी भन्छन् -’फोनमा श्रीमतीले तपाईं हिजो कहाँ जानु भएको थियो ? को संग हुनुहुन्थ्यो भनेर सोधिन् ।’
दुबईमा तीन वर्षदेखि सँगै बस्ने एक जना साथीले एक दिन शहरको रात्री जीवन हेर्न जाऊँ भने । बिभिन्न होटलहरुमा झुम्म झुम्म भएर बसेका पुरुष र महिलाहरु मस्कीमस्की एक आपसमा कुराकानी गर्दै गरेको देखिन्थ्यो ।
अबुधावीको एक कम्पनीमा कार्यरत नवलपरासीका टीकाको विवाह भएको ६ बर्ष भयो । तर उनी विदेश आएको भने ८ बर्ष । बर्षको १ पटक नेपाल फर्कने पनि गर्छन्, तर उनी कलियुगका कृष्ण रहेछन् । एक दिन उनीसंग भलाकुसारी गर्ने मौका मिल्यो । खालेदिया मलमा किनमेल गर्दा त्यहाँ सफाई गर्ने एक नेपाली महिलासँग ठोकिन पुगे । कुरा गर्दै जाँदा ति महिलाले नेपाली दाजु भेटिएको भन्दै आफ्नो फोन नम्बर पनि दिईन् । त्यसको करीब एक महिनापछि ती साथीले शुक्रबार पारेर ती महिलालाई अबुधावी बोलाए । एक होटलमा २ घण्टाको नेपाली ३ हजार तिरेर रुम लिए ।
नवलपरासीका रामु कतारमा बिगत ५ बर्षदेखि कार्यरत थिए । महिनाभरको तलव घरमा श्रीमतीलाई पठाईरहेका थिए । करीब १६ महिनापछि उनी १ महिनाको बिदामा नेपाल फर्के । तर श्रीमती अर्कैतिर सल्केको उनलाई थाहा भएन । श्रीमतीले घरमा जानुभन्दा काठमाडौंमा नै केही दिन बस्न अनुरोध गरिन् । १५ दिन पछि श्रीमानलाई बिदेश फर्कन अनुरोध गर्दै उनी घर लागिन् । श्रीमान् उनी भन्दा केही समय फरक पारेर गए । जब उनी घरमा पुगे उनको घरको आगनमा मोटरसाईकल पार्किड. गरेको देखे । घरभित्र अर्कै आवाज सुनियो । अनी छाँगाबाट खसेजस्तै भए । अहिले उनी घर न घाटको भएर दिन बिताइरहेका छन् ।
तनहुँका एक जना साथी साउदी अरब गएको करीब ८ बर्ष भयो । ४ बर्षपछि उनी नेपाल फर्के । उनलाई घरकी श्रीमतीको त्यति माया लागेन । केही समयपछि उनी फेरी साउदी अरब नै फर्के । पछि उनले झापाकी एक महिलालाई अर्की श्रीमतीको रुपमा साउदी अरबबाटै लिएर आए ।
बिगत ६ बर्षदेखी गाउँका रामु कतारमा छन् । तर उनको श्रीमती भने प्रत्येक हप्ता ठाउँठाउँ पुगेर रात बिताउँछिन् । कतारमा पसिना चुहाउदै कमाएको पैसाले घरमा श्रीमती घुम्दै ठिक्क । फस्टाउँदो सञ्चार माध्ययमले गर्दा आजकल गाउँघरमा श्रीमतीहरुको चयन छ भने विदेशमा श्रीमानको मोज ।
प्रवास गएका श्रीमानहरु छोटो समयमा नै कलकलाउँदो बैंशमा श्रीमतीलाई चटक्क घर छोड्न बाध्य हुन्छन् । कुतकुते बैंशलाई स्वदेशकी श्रीमतीले कति दिन नै थाम्न सक्छिन् र ? देशको आर्थिक अवस्थाले बिदेशिन बाध्य कतिपय विवाहित पुरुषहरुको श्रीमती घरमा अर्कैतिर सल्केका हुन्छन् । बर्षौं दिनको पर्खाईपछि स्वदेश फर्केका श्रीमान् कतिबेला फर्केला जस्तो हुन्छ । जब श्रीमान साथमा हुन्छन्, मोवाईल फोन परिवर्तन गर्छन् र फोन आईहाले पनि माईतीको कुनै टाढाको नाता जोडिदिन्छन् ।
बिश्वभर प्रणय दिवस मनाइरहँदा खाडी लगायतका मुलुकमा रहेका नेपाली श्रमिकहरु यसैगरि सम्बन्धहरुमा जोडिदै र टुक्रिदै गइरहेका छन् ।
नोटः गोपनियताका कारण माथि उल्लेखित नामहरु परिवर्तन गरिएका हुन् ।
]]>विभिन्न हत्या अभियोगमा २०६० असोज ३ गतेदेखि नेपाली जेलमा रहेका बिख्यात अपराधीकारुपमा चर्चा गरिने चाल्र्स शोभराजसँगै जोडिने नाम हो निहिता बिश्वास । आफुभन्दा तीन गुना बढी उमेरको त्यो पनि संसारले अपराधीकारुपमा चिनेको ब्यक्तिसंग प्रेम हुँदै बिबाहसम्म गरेकी निहिता एकसमय निकै चर्चामा थिइन् । भारतीय टीभी कार्यक्रम बिगबोसबाट आउट भएसँगै उनी फेरि चर्चाबाट बाहिर छिन् । निहिता शोभराजको तर्फबाट बहस गर्ने अधिवक्ता सकुन्तला थापाकी छोरी हुन् ।
भारतमै बसेर स्कुले शिक्षा सकेकी निहिता अहिले काठमाडौंकै एक कलेजमा स्नातक तह अध्ययन गरिरहेकी छिन् । उनले ०६५ असोजमा विजयादशमीको दिन आफूले जेलभित्रै शोभराजसँग विवाह गरेको बताउँदै आएकी छिन् । शोभराज जेल बाहिर निस्केपछि सँगै जिन्दगी बिताउने सपना साँचेर बसेकी निहितासँग जीवनका बिभिन्न पाटोका बिषयमा समयबोधका लागि प्रमिला बानियाँले गरेको अन्तरङ्ग संवाद ।
तपाईको विचारमा जीवन के हो ?
मर्नु अगाडि कुनै पनि त्रुटी नरहोस्, कसैप्रति नराम्रो भावना नरहोस्, मेरा जीवन सफल रहेछ भनेर आँखा चिम्लिन पाउनु जीवन हो । लाष्ट मुमेण्ट अगाडिका लागि गर्नुपर्ने सम्पूर्ण कार्य जीवन हो ।
तपाईंको जीवनमा गहिरो पश्चाताप ?
सर्वोच्चको जज-न्यायाधीश)लाई गाली गर्नु । त्यहाँ मैले ‘ब्लाडी जजेज’ नभनी च्यालेन्ज मात्र गरेको भए माफी माग्नु पर्दैनथ्यो । पब्लिक प्रतिक्रिया माफी नमाग भन्ने थियो । त्यो शब्द प्रयोग नगरेको भए माफी नमागी मेरो लडाइँ अझ बलियो हुन्थ्यो ।
सबैभन्दा बढी खुसी भएको कुनै क्षण ?
धेरै छन् । स्कुल लेबलमा हुँदा एकपटक म्याथमा माक्स कम आएको थियो । त्यसपछि साथीहरूले पनि हेप्न खोज्ने, परिवारमा पनि हेप्न खोज्ने भएपछि मैले रातदिन मेहेनत गरेर एसएलसीमा ९६ नम्बर ल्याएकी थिएँ । मलाई लाग्यो कि मैले जीवनमा ठूलो पाठ सिकेँ । त्यो नै सबैभन्दा खुसीको क्षण हो ।
समय र फुर्सद् पाए नेपालको कुन ठाउँमा गएर समय बिताउन चाहानुहुन्छ ?
आजसम्म डोल्पा, चरिकोट, मुस्ताङ जान पाएको छैन, त्यसैले मलाई त्यहाँ चारपाँच महिना गएर बस्न मन लागेको छ ।
तपाईंको आदर्श व्यक्ति ?
एउटै व्यक्ति जीवनमा परफेक्ट हुँदैन । कुनै पनि व्यक्तिबाट केही सिक्नु र ऊबाट राम्रो कुरा लिनुपर्छ । तर, आजसम्म पनि मेरो यही नै आदर्श व्यक्ति हो भन्ने छैन ।
तपाईं प्रभावित भएको कुनै व्यक्ति ?
अझै सानै छु । म कसैप्रति खासै प्रभावित भएको छैन र त्यो अनुभव पनि गर्न पाएकी छैन । यही नै हो भन्न कठिन छ ।
कुनै यस्तो व्यक्ति जसलाई साथ दिन नपाएकोमा पछुतो छ ?
मेरो श्रीमानलाई गहिरो रूपमा साथ दिन नपाएको भए अनि मेरो मम्मीको लागि बलियो छोरी हुन नपाएको भए पछुतो लाग्ने थियो । तर, मैले साथ दिइरहेको हुँदा कुनै पछुतो छैन ।
तपाईंलाई मनपर्ने खाना ?
मासु एकदमै मनपर्छ । मासुबाहेक केही पनि खाँदिन म । पास्नीको बेलामा पहिले खिर खाएँ रे Û त्यसपछि मासु नभए केही खान सक्दिनँ म ।
खाना पकाउने र भाडा माझ्ने काममध्ये एउटा रोज्नुपरे कुन रोज्नुहुन्छ ?
खाना पकाउने । मलाई खाना पकाउन एकदम मनपर्छ । किनभने मलाई पानीको एलर्जी हुन्छ । पानी त छुनै हुँदैन ।
तपाईंको विदेश भ्रमण ?
काठमाडौं टु दिल्ली त भइनै रहन्छ । त्यति मात्र हो ।
सबैभन्दा बढी विश्वास केमा गर्नुहुन्छ ?
आफैंमा ।
कुनैबेला रुनुभएको छ ?
एकदमै रोएको छु । मनमा कुनै पनि नराम्रो कुरा नहोस् भनेर रोएर निकालिदिन्छु ताकि राम्रो कुरा मात्र बाँकी रहोस् ।
आफ्नै नजरमा तपाईंका तीन कमजोरी ?
एकदमै रुन्छु । मनमा कुरा राख्न सक्दिनँ, आफ्नो अगाडीको व्यक्ति रुँदै केही माग्यो भने नाई भन्न सक्दिनँ ।
ठट्टा/रमाइलो गर्न कत्तिको मन पराउनुहुन्छ ?
अति नै रमाइलो चाहिन्छ मलाई । साथीहरूको मजाक गर्न, दादाहरूसँग चल्न मन पर्छ ।
झुट कत्तिको बोल्नुहुन्छ ?
झुट बोल्छु तर हाँसो उठीहाल्छ, मुख रातो हुन्छ अनि त झुठ बोलेको थाहा भइहाल्छ । त्यही भएर झुठ बोल्न सक्दिनँ ।
साँझपख कुनै युवकले ब्लफ कल गर्यो भने तपाईं के भन्नुहुन्छ ?
मुसुक्क हाँस्छु । अनि बेसरी गाली गरेर राखिदिन्छु ।
बाटोमा हिँड्दा केटाहरूले कत्तिको जिस्काउँछन् ?
पहिले पहिले स्कुल, कलेज जाँदा जिस्काउँथे तर अहिले जिस्काउँदैनन् । त्यो केटीहरूमा भर पर्ने कुरा रहेछ ।
हार्ड ड्रिक्स/धूमपान गर्नुहुन्छ ?
कुनै पनि गर्दिनँ । मेरो मनपर्ने डि्रक्स कोक अनि लस्सी हो ।
मनले चाहेको तर अहिलेसम्म पूरा गर्न नपाएको संकल्प ?
मलाई खेलकुदमा एकदम सौख थियो । खेलकुदमा लागेर ओलम्पिकमा भाग लिने मेरो सपना थियो तर त्यो अधुरै रह्यो ।
पुरुषहरूको सबैभन्दा मन पर्ने आनीबानी ?
प्रोटेक्टिभ । केही पर्यो भने प्रोटेक्सनका लागि फिमेलहरू अगाडि आउँदैनन् तर उनीहरू बाटामा अन्जानै केटी भए पनि ए बहिनी के भयो भनेर सोध्न आउँछन् । त्यो मलाई एकदमै मनपर्छ ।
भर्खरका कलेजका युवतीहरूले दिदी/अन्टी भनेर सम्बोधन गर्दा कस्तो लाग्छ ?
राम्रो लाग्छ । उनीहरूले रेस्पेक्ट दिने काबिल भएछु जस्तो लाग्छ ।
भविष्यमा के हुने ईच्छा छ ?
मुभी डिरेक्टर, सफल लेखक अनि वाईल्ड लाइफ रिजर्भ खोल्ने एकदम चाहना छ ।
चाल्स शोभराजलाई रोज्नुको कारण ?
शोभराजलाई भेटेपछि यस्तो लाग्यो कि ऊ मात्र एक यस्तो व्यक्ति हो, जसले मलाई बुझ्नसक्छ, सम्हाल्न सक्छ । उहाँ त्यही भएर मनपर्यो ।
शोभराजको के कुराले आकषिर्त गर्यो ?
उहाँको बौद्धिकताले ।
शोभराजलाई अपराधीभन्दा कस्तो लाग्छ ?
मनमा चसक्क हुन्छ । तर, मलाई पो थाहा छ ऊ त्यस्तो होइन । मान्छेहरूले पत्रपत्रिकाको आधारमा बोलेको त हो नि ।
शोभराजसँगको सम्बन्ध कहाँ पुग्यो ?
मुद्दाले गर्दा अड्केको अड्कै छ र पनि एकअर्काप्रतिको विश्वास, आशा, समझदारी त्यो बढ्दै गएको छ ।
तपाईंलाई शोभराजको नेपाली श्रीमतीभन्दा कस्तो लाग्छ ?
भन्नेहरूले भन्छन् । नेपाली श्रीमती भन्दा मेरो पनि ऊ फ्रेन्च हसबेन्ड भयो नि । जसले जे भने पनि म उहाँकी श्रीमती हुँ । त्यो नै सबसे ठूलो कुरा हो ।
शोभराजसँग फिजिकल रिलेशन ?
फिजिकल रिलेसन अहिलेसम्म भएको छैन ।
शोभराजलाई कुनकुन समयमा भेट्नुहुन्छ ?
पहिले फ्रिकोइन्टली भेट्न गइरहन्थेँ तर अहिले छैन । मेरो ज्योतिषले तिमीहरूमाथि ठूलो षड्यन्त्र चल्दै छ भनेको हुनाले भेट्न नजानु भन्नुभएको छ । म आफू सेफ भएर उहाँलाई स्ट्रेन्थ दिइरहनु नै बेटर हुन्छ अहिलेको अवस्थामा । यही भएर अहिले गएको छैन ।
फेमिली लाइफको कस्तो कल्पना गर्नुभएको छ ?
मेरो एउटा सुखमय फ्यामेली लाइफ होस्, जीवनमा खुसी मनाउन सक्ने प्लेटर्फम होस् ।
तपाईंको नजरमा प्रेम ?
आफूबाहेक अर्को एउटा व्यक्तिसँग पाउन सक्ने खुसी नै प्रेम हो । आफूभन्दा पनि अर्को एउटा व्यक्ति मेरा लागि खुसी हुन्छ र म उसका लागी खुसी हुन्छु भने त्यो नै प्रेम हो ।
तपाईंले अनुभवमा प्रेम गर्दा र नगर्दाको भिन्नता ?
प्रेमको अनुभव नहुँदा जीवन सरल, कसैको बारेमा सोच्न नपर्ने, रेस्पोनसिविलिटी धेरै नभएको बच्चाजस्तो हुन्छ तर प्रेम गर्दा बढी रेस्पोनसिबल उसको बारेमा पनि सोच्नुपर्ने बेग्लै हुँदोरहेछ ।
सेक्स के हो ?
बायोलजिकल निड हो । त्योबाहेक अरू केही पनि होइन । मनबाट मात्र होइन, शारीरीक रूपमा पनि आफ्नो मायालाई देखाउनु सेक्स हो ।
]]>
२४ मार्च, काठमाडौं । लडाकूले जस्तै एकमुष्ठ रकम वा रोजगारी पाउनुपर्ने माग गर्दै आएका वाईसिएललाई सम्हाल्न गा्रहो परिरहेका बेला वाईसिएल प्रमुखकी श्रीमतीले सम्हालेको मन्त्रालयले उनीहरुलाई रोजगारी दिने योजना बनाइरहेको छ ।
वाईसिएल प्रमुख गणेशमान पुनकी श्रीमती कमला रोका मन्त्री रहेको युवा तथा खेलकुद मन्त्रालयले वाईसिएल ब्यबस्थापन रणनीति अन्र्तगत हरेक गाविसमा एक खेलुकद अधिकारी राख्ने तथारी थालेको छ ।
वाईसिएल कार्यकर्तालाई जागिर खुवाउने गरि तयारी गरिएको यस्तो पद र उनीहरुको तलव ब्यबस्थापनका लागि आगामी आर्थिक बर्षको बजेटमा ब्यबस्था गर्न लागिएको छ । खेलकुदमन्त्री कमला रोकाले झण्डै ४ हजारवटै गाविसमा खेलकुद अधिकारी राख्ने तयारी भइरहेको वताइइन् । अर्थमन्त्री बर्षमान पुनले पनि छलफल भएको तर आफुसम्म प्रस्ताव आइनपुगेको बताए । सवै गाविसमा सरकारी अनुदान जाने भएकाले त्यसैबाट पनि तलब ब्यबस्थापन गर्न सकिने माओवादीको प्रस्ताव छ ।
त्यस्ता खेलकुद अधिकारीको दर्जा कुन हुने भन्ने अहिले नै खुलाई सकिएको छैन् । तर खरिदार तहको नियुक्ति दिएपनि उनीहरुले प्रतिमहिना १२ हजार तलव पाउनेछन् ।
]]>
खनालको टोलीमा उनकी श्रीमति, छोरा र निजी सचिवसँगै ब्यबसायी र अधिवक्ता पनि रहेका छन्र । खनालसँगै किष्ट मेडिकल कलेजकमा निर्देशक महेन्द्रबहादुर कार्की र पूर्व महान्यायाधिवक्ता युवराज संग्रौला पनि रहेका छन् ।
एमालेले गम्भीर स्वास्थ्य समस्या देखिएका कारण खनाल दिल्ली जानु परेको दावी गरेपनि झलनाथ राजस्थानको जोधपुर बिश्वविद्यालयको दिक्षान्त समारोहको प्रमुख अतिथिका रुपमा सहभागी हुने कार्यक्रम पनि रहेको छ ।
तर उनका निजी सचिवले भने खनाल निजी बिश्वबिद्यालयको दिक्षान्त समारोहमा सहभागी हुन लागेको कुरा निरन्तर ढांटिरहे । उनी सहभागी हुने बिश्वबिद्यालयको वेबसाइटमा भने खनाल प्रमुख अतिथि रहने कार्यक्रमबारे जानकारी राखिएको छ ।
]]>