सरकारलाई सर्वोच्चको झड्का, त्रिभुवनको सालिक नहटाउन आदेश

 जनवरी, १० । सर्वोच्च अदालतले सहिदेगटमा रहेको स्व. राजा भित्रुवनको सालिक नहटाउन अन्तरिम आदेश दिएको छ । न्यायाधीश सुशीला कार्कीको एकल इजलासले मुद्धाको अन्तिम टुङ्गो नलाग्दासम्म सालिक हटाउने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।

साथै इजलासले सालिक हटाउने निर्णय गर्नुको लिखित कारण १५ दिनभित्र पेश गर्न भनेको छ । सरकारको निर्णय सरकारले हालै मात्र सहिदेगटमा रहेको त्रिभुवनको सालिक नारायणहिटी संग्रहलयमा सार्ने निर्णय गरेको थियो । अधिवक्ता कमलेश द्धिवेदी र काठमाडौंका गलाव विष्टले सर्वोच्चमा रिट दायर गर्नु भएको थियो ।

रिटमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह, शिक्षा र संस्कृति मन्त्रालय, नारायणहिटी संग्राहलयलाई विपक्षी बनाइएको छ ।

 

Your Comment