प्रचण्डले सरकार ढल्दैन भन्दा बाबुराम फुरुङ्ग

जनवरी, १० । माओवादीको प्रचण्ड र वैद्यपक्षवीचको सहमतिले सरकारको आयु सकिएको हो की भनेर शसंकित भएका बाबुराम भट्टराई अव भने सान्त भएका छन् । अध्यक्ष प्रचण्डले बैद्य पक्षले नै सरकार परिर्वतनको कुरा उठाउन छाडिसकेको र भट्टराई नेतृत्वको सरकारको विकल्प नखोज्ने आश्वासन दिएपछि भट्टराई फुरुङ्ग भएका छन् ।

प्रधानमन्त्रीको निवास बालुवाटारमा मंगलबार बसेको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपाध्यक्ष एवं प्रधानमन्त्री डा. भट्टराई पक्षको पोलिटव्युरो स्तरको बैठकमा बैद्य पक्षसँगको सहमतिपछिको सरकार र पार्टीको नीतिबारे छलफल भएको छ ।

छलफलमा प्रचण्डले ‘बैद्य पक्षले नै सरकार परिर्वतनको कुरा उठाउन छाडिसके, तपाईहरु नडराउनुस्’ भन्दै भट्टराई नेतृत्वको सरकारको विकल्प नखोज्ने आश्वस्त पार्नु भएको थियो । प्रधानमन्त्री भट्टराई पक्षीय नेताहरुले बैद्य पक्षसँग भएको सहमति जनविद्रोहमा जाने कि शान्ति र संविधान बनाउने हो भन्ने प्रश्न गरेका थिए ।

जवाफमा अध्यक्ष प्रचण्डले बैद्य पक्ष फुटेर जान पनि नसक्ने र विद्रोह पनि गर्न नसक्ने र आफूहरु फुटेर जाओस् भन्ने पक्षमा नरहेकाले सम्मानजनक सहमति भएको बताउनु भएको स्रोतले जनाएको छ । सहमतिले दुबै पक्षको ‘फेससेभ’ गरेको भन्दै प्रचण्डले सम्मानजनक सेना समायोजन र जनताको पक्षमा संविधान निर्माणमा लाग्ने र त्यसका लागि जनपरिचालन कार्यक्रम गर्ने बताउनु भएको छ ।

 

Your Comment