पोर्नसाइटमा विश्व रेकर्ड राख्दै पाकिस्तान

जनवरी १० । सर्च इन्जिन गुगलमा सन् २०११ मा ‘सेक्स’सँग सम्वन्धित सामाग्री खोजीमा पाकिस्तानले विश्वभरका सबै देशलाई जितेको छ । फोक्स न्यूजका अनुसार ‘सेक्स’सँग सम्वन्धित सामाग्री खोजीमा पाकिस्तान सबैभन्दा अग्र स्थानमा छ ।

पाकिस्तानमा इन्टरनेटको बढ्दो दुरुपयोगप्रति कट्टरपन्थीहरु निरास छन् । यो खबर सार्वजनिक भएसँगै उनीहरुले इन्टरनेट प्रयोगकर्ताहरुबाट सतर्क रहन साइबर सञ्चालकहरुलाई भनेका छन् ।

इन्टरनेट प्रयोगकर्ताहरुको परिचय पत्र राख्न समेत भनिएको छ । पाकिस्तानमा लगभग दुई करोड इन्टरनेट प्रयोगकर्ता छन् ।

 

Your Comment