डिभोर्सपछि अञ्जुलाई के को आनन्द ?

जनवरी १० ।  डिभोर्स पश्चात गायिका अञ्जु पन्तलाई धेरै हाईसञ्चो भए जस्तो छ । कारण उनी निकै मोटाएकी छिन् । मोटाए पनि उनी पूर्व अवस्थाको झैँ राम्री देखिएकी छिन् । अञ्जु विगत केही महिना यता देखिए भन्दा ज्यादै मोटाएकी छिन् ।

अञ्जुलाई आजल देख्नेहरूले समेत कति मोटाएकी भनेर विभिन्न प्रश्न गर्छन् । तर उनको रेडिमेट जवाफ यस्तो हुन्छ, ‘सायद जाडोको मोटो लुगाले होला ।”

के होला मोटाउनुको राज भन्ने प्रश्नमा अञ्जुले भनिन्, ‘खुट्टा भाचिएका कारण तीन महिनादेखि राम्ररी बाहिर हिड्न पाएकी छैन त्यसैले एक्सरर्साईज कम भएकाले मोटो जस्तो भएकी हुँ तर मोटाएकी चाहि हैन ।’

अञ्जुले डिप्लोम्याटिक जवाफ दिएपनि फारसी जस्ती उनका गालाले आफै पुष्टी गरिदिएको छ कि उनी साविकको भन्दा ज्यादै मोटाएकी छिन् । डिभोर्स पश्चात अञ्जु छोरीको साथमा काठमाण्डूको स्वयम्भूमा बस्छिन् ।

 

Your Comment